दमौली । तनहुँका सुरेश आले मगरलाई नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका आलेलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाउने निर्णय भएको हो।
पॉच दलीय गठबन्धनबाट आले मगर राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका हुन् । गठबन्धनको मतभार धेरै रहेकाले आले सदस्यमा निर्वाचित हुने निश्चित छ ।
२०६४ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट सांसद बनेका आले २०३६ सालपछि नै राजनीतितर्फ आकर्षित भएका थिए । आले नेकपा मसाल हुँदै कम्युनिस्ट आन्दोलनमा जोडिएका थिए । मोटो मशालदेखि नै मोहन वैद्यसँगै एकता केन्द्र हुँदै नेकपा माओवादीमा लागेका थिए आले ।