एमाले उपाध्यक्ष, सचिव र केही सदस्यका लागि मतदान (विस्तृतमा)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले उपाध्यक्ष, सचिव र केही सदस्यका लागि मतदान (विस्तृतमा)

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०७८, आईतवार

    दमाैली । नेकपा एमाले तनहुँको उपाध्यक्ष, सचिव र केही सदस्यका लागि मतदान गरिएको छ । अध्यक्ष र उपसचिवमा सर्वसम्मत नेतृत्व चयन गरेको अधिवेशनले निर्वाचनमार्फत् उपाध्यक्ष, सचिव र सदस्यको टुंगो लगाउनेछ ।

    एमाले अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपसचिवमा प्रदीपराज अधिकारी र खिमबहादुर कुमाल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा हरिराज कंडेल, मेखबहादुर थापा र मोहनकुमार सुनारबीच प्रतिस्पर्धा भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालबीच प्रतिस्पर्धा भएको छ ।

    खुल्ला सदस्य तर्फको १७ पदमा पनि निर्वाचन भएको छ । उक्त पदमा पदाधिकारीका उम्मेदवार सहित २७ जना उम्मेदवार बनेका छन् । उक्त पदमा अनिल पाण्डे, इन्द्र थापा, ऋषिराम भुषाल, ऋषिराम रानामगर, कुलबहादुर थापा, कृष्णप्रसाद न्यौपाने, गोविन्दराज मिश्र, दुर्गाबहादुर थापा, दुर्गाबहादुर महत, देवलाल खनाल, ध्रुवसिंह ठकुरी, नविनराज वाग्ले, निर्मल पण्डित, प्रेमनारायण पौडेल, विष्णुभक्त सिग्देल, भगवान श्रेष्ठ, भुपेन्द्र कोइराला, आरके पोख्रेल, मेखबहादुर थापा, मोहन सुनार, राजेश्वर ढकाल, रुद्रप्रसाद पौडेल, शंकर रानाभाट, शम्भु अधिकारी, हरिबहादुर थापा र हरिराज कडेंल छन् ।

    खुल्ला महिला तर्फ भने कमला थापा, कलाकुमारी ढकाल, फुलमाया वाग्ले, भगवती देउजा, मन्जु मियाँ, रत्नादेवी घिमिरे, शारदा खनाल र सविना मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।

    त्यसैगरि भुगोल तर्फ व्यास नगरपालिकाबाट महिला तर्फ बिन्दु बस्नेत र बेदकुमारी वाग्ले निर्वाचित भएका छन् भने खुल्ला तर्फ अर्जुनप्रसाद नागिला, इश्वरबहादुर विष्ट, प्रकाशचन्द्र भट्टराई, प्रेमप्रसाद पौडेल र वमबहादुर थापा निर्वाचित भएका छन् ।

    भानु नगरपालिकाबाट महिलामा केशु थापा मगर र रेवतीदेवी श्रेष्ठ निर्वाचित भएका छन् भने ५ जना खुल्ला सदस्यकोलागि नौ जनाको उम्मेदबारी परेको छ । भानुको खुल्ला सदस्य तर्फ डुलप्रसाद देवकोटा, निलन संजिवा श्रेष्ठ, पदमबहादुर कार्की, प्रिजेन्टलाल श्रेष्ठ, रामकृष्ण देवकोटा, रामप्रसाद सापकोटा, श्यामकुमार श्रेष्ठ, सन्तमान अधिकारी र हरिबहादुर पाण्डेको उम्मेदबारी परेको छ ।

    त्यस्तै देवघाट गाउँपालिकाबाट महिलामा जुली सारु र ठाकुरकुमारी काफ्ले तथा पुरुष तर्फ बाबुराम अधिकारी निर्वाचित भएका छन् । त्यसैगरि बन्दिपुर गाउँपालिकाबाट महिला तर्फ फुलमती थापा र शान्ति कुवँर र पुरुष तर्फ काशिनाथ भट्टराई, गोविन्दप्रसाद अधिकारी र भिमबहादुर विश्वकर्मा निर्वाचित भएका छन् भने आवुँखैरेनी गाउँपालिकाबाट महिलामा भगतवी खनाल तथा पुरुषमा इन्द्रमान परियार र सन्तबहादुर केसी निर्वाचित भएका छन् ।

    यसैगरि म्याग्दे गाउँपालिकाबाट महिलामा तारा रानाभाट र सिता घिमिरे तथा पुरुषमा द्वारिकानाथ घिमिरे, पदमराज वाग्ले र भिमबहादुर विक निर्वाचित भएका छन् । यस्तै ऋषिङ गाउँपालिकाबाट महिलामा हुमादेवी रानाभाट तथा पुरुषमा जमानसिंह गुरुङ, डम्बरबहादुर गुरुङ र प्रेम रानाभाट निर्वाचित भएका छन् । यस्तै घिरिङ गाउँपालिबाट महिलामा सरस्वती घिमिरे सिग्देल र सेतीमाया गौतम तथा पुरुषमा दानबहादुर शाही, रणबहादुर गुरुङ र रनबहादुर राना निर्वाचित भएका छन् ।

    यस्तै भिमाद नगरपालिकाबाट महिलामा कोपिला लम्साल र दिनाकुमारी गोतामे तथा पुरुषमा उज्वल खनाल, दलराज थापा, धनन्जय गैरे, भवानीशंकर लम्साल र सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।यस्तै शुक्लागन्डकी नगरपालिकाबाट महिलामा दानु अधिकारी सापकोटा र विष्णुमाया पराजुली अधिकारी निर्वाचित भएका छन् भने ५ खुल्ला सदस्यको लागि १० जनाको उम्मेदबारी परेको छ । उक्त नगरपालिकाको खुल्ला सदस्य तर्फ आनन्दसुन्दर श्रेष्ठ, कृष्णबहादुर पौडेल, खिमबहादुर महत, नारयणप्रसाद पन्थी, दयाराम पौडेल, पल थापा क्षेत्री, भिमबहादुर गुरुङ, लोकनारयण श्रेष्ठ र हरिलाल रिमाल उम्मेदबार बनेका छन् ।

    यसैगरि गैर भौगोलिक क्षेत्र तर्फ अल्पसंख्यकबाट महिलामा राममाया कुमाल निर्वाचित भएकी छिन् भने २ खुल्ला सदस्यकोलागि नुर महम्मद मियाँ, मोहम्मद सुलेमान मियाँ र सफी उल्ला मियाँ उम्मेदबार बनेका छन् भने दलित महिलामा अशोककुमारी सुर्खाली निर्वाचित भएकी छिन् भने ३ खुल्ला सदस्यकोलागि गणेशकुमार गोतामे, गणेश कुमार विक, गोपाल विक र बाबुराम सुनार उम्मेदबार बनेका छन् । त्यस्तै जनजाती महिला सदस्यमा बसुन्धरा घर्ती निर्वाचित भएकी छिन् भने २ जनजाती सदस्यकोलागि ताराराम श्रेष्ठ, देवबहादुर गुरुङ र धनबहादुर गुरुङ उम्मेदबार बनेका छन्।

    यसैगरि मजदुर तर्फ कृष्णदेव श्रेष्ठ र सोमबहादुर आले तथा अपाङ्गता तर्फ केशवी सिग्देल र कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यस्तै लेखा समितिको संयोजकमा र रविन्द्रनाथ खनाल तथा सदस्यहरुमा अर्जुन अधिकारी, बलराम घिमिरे र माधव अधिकारी निर्वाचित भएका छन् । सर्वसम्मत नभएका सम्पुर्ण पदहरुमा आईतबार साँझ मतदान गरिएको छ ।