दमौली । नेकपा एमाले तनहुँको नवौ अधिवेशन अन्तरगत आइतबार राति मतदान सकिएपछि मतगणना आज (सोमबार) बिहानदेखि सुरु हुने भएको छ । उपाध्यक्ष, सचिव र केही सदस्यका लागि मतदान भएको थियो ।
बिहानबाट मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन अन्तरगत उपाध्यक्ष, सचिव र सदस्य पदका लागि मतदान भएको थियो ।
अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपसचिवमा प्रदीपराज अधिकारी र खिम कुमाल सर्वसम्मत निर्वाचित भएका छन्।