दमाैली । व्यास नगरपालिकाले कोरोना परीक्षणका लागि निःशुल्क पिसीआर गर्ने भएको छ । व्यास नगरपालिका–१० दुम्सीस्थित कोभिड अस्पतालमा यस अगाडी पिसीआरका लागि शुल्क लिने गरिएकामा माघ १ गतेदेखि निःशुल्क गर्ने निर्णय भएको हो ।
कोभिड–१९ को बढ्दो प्रकोपलाई मध्यनजर गरी महामारीको अवधिर कुनै पनि शुल्क नलाग्ने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
नगरपालिकाले यस अगाडी पिसीआर परीक्षणका लागि रु एक हजार शुल्क लिने गरेको थियो । “कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै नगरवासीलाई महामारी अवधिभर निःशुल्क सेवा दिने निर्णय भएको छ,” उनले भने ।