दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले बन्दीपुरमा भएको जीप दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
भण्डारीले दुर्घटनामा ज्यान गुमाएका नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरिप्रसाद न्यौपाने सहित अन्य ५ जनाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै भण्डारीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।