निजामती कर्मचारी सङ्गठन तनहुँको अधिवेशन स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजामती कर्मचारी सङ्गठन तनहुँको अधिवेशन स्थगित

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७८, बिहीबार

    दमाैली । नेपाल निजामती कर्मचारी सङ्गठन तनहुँको शनिबार हुने अधिवेशन स्थगित भएको छ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि सङ्गठनको अधिवेशन स्थगित गरिएको हो ।

    नेपाल सरकार तथा स्थानीइ प्रशासन समेतले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी २५ जना भन्दा कम सङ्ख्यामा उपस्थिति भई सभा सम्मेलन गर्न निर्देशन जारी गरेको र कर्मचारी पनि सङ्क्रमित भई कार्यालयको सेवा प्रवाहमा समस्या देखिएकाले प्रस्तावित मितिमा अधिवेशन सम्पन्न गर्न नसकिएको सङ्गठनका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए । महामारी कम हुँदै गएपछि अर्को मितिमा अधिवेशन गरिने उनले बताए ।

    No photo description available.