बुस्टर डाेज लगाउन सुरु, पहिलाे दिन १३२ ले लगाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुस्टर डाेज लगाउन सुरु, पहिलाे दिन १३२ ले लगाए

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७८, बिहीबार

    दमाैली । तनहुँमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । कोरोना विरुद्धको दोस्रो मात्राको खोप लगाएको ६ महिना पुरा भएकालाई बुधबारदेखी बुस्टर खोप दिन थालेको स्वास्थ्य कार्यालय तनहुँका सुचना अधिकारी शंकरबाबु अधिकारीले बताए ।

    बुधबार पहिलो दिन १३२ जनालाई बुस्टर खोप लगाईएको उनले जानकारी दिए । स्थानीय तहको स्वास्थ्य शाखा मार्फत नै बुस्टर खोप अभियान चलाईएको उनले बताए । ‘पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंससेविका, सुरक्षाकर्मी, जनप्रतिनिधी, एम्बुलेन्स चालक, सञ्चारकर्मी लगायतलाई बुस्टर खोप दिदैछौँ’, उनले भने । पुर्ण मात्राको खोप लगाएकालाई बुस्टरका रुपमा तेस्रो खोप लगाईने उनले जानकारी दिए । अधिकारीका अनुसार अबदेखि बुस्टर खोपलाई निरन्तरता दिईनेछ ।

    जिल्लामा एक लाख ७० हजार १७० जनाले कोरोना विरुद्धको दुवै डोज खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ६८ हजार ८६० जनाले पहिलो मात्राको खोप लगाएर दोस्रो मात्राको पखाईमा छन् । ३१ हजार ७६८ जना बालबालिकाले मोर्डना खोप लगाएको तथ्याङ्क छ । ३६ हजार ९५५ जनालाई मोर्डना खोप लगाउने लक्ष्य थियो ।

    यस्तै जिल्लामा कोरोना संक्रमणको ग्राफ दैनिक उकालो चढ्दो छ । बुधबार मात्रै एकै दिन ८३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । २३० जनाको कोरोना परिक्षण गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    व्यासको कोभिड अस्पतालको ल्याबमा गरिएको पिसीआर परीक्षणबाट चार जना संक्रमित थपिएका हुन् । एन्टिजेनबाट ४५ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ३४ जना पोखरामा भएको परिक्षणमा संक्रमित पहिचान भएका हुन् ।

    यो सहित तनहुँमा २०६ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । दोस्रो लहर सुरु भएपछि तनहुँमा पाँच हजार ५५५ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ । पाँच हजार २५१ जनाले कोरोनालाई परास्त गरेका छन् । १३० जनाको बैशाखयता कोरोना संक्रमणले ज्यान लिएको छ ।