दमाैली । जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको म्याग्दे गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा चार दिन बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणबाट सङ्क्रमित भई आइसोलेशनमा रहेका जनप्रतिनिधि तथा कर्मचारीको सम्पर्कमा रहेकालाई थप सङ्क्रमण हुनबाट बचाउन गाउँपालिकाले चार दिन सेवा बन्द गर्ने निर्णय गरेको हो ।
माघ ९ गतेदेखि १२ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।