दमाैली । जिल्लामा कोभिड–१९ को सङ्क्रमण दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ । खोपकार्डको व्यवस्था अनिवार्य गर्दा समेत भीड कम नभएकाले कार्यालयबाट प्रदान गर्ने सेवा आलोपालो गर्नका लागि बार अनुसारको व्यवस्था गरिएको हो ।
कार्यालयले माघ १२ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहका सेवाग्राहीलाई बार अनुसारको सेवा दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।
प्रशासन कार्यालयका अनुसार आइतबार, मङ्गलबार र बिहीबार व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिकालाई सेवा प्रवाह गरिनेछ । सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकालाई सेवा प्रवाह गरिनेछ ।
सेवा-प्रवाह-सम्बन्धी-सूचना-।-सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।