गाेरखा केन्द्रविन्दु भएर भूकम्प, तनहुँमा पनि धक्का महशुस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गाेरखा केन्द्रविन्दु भएर भूकम्प, तनहुँमा पनि धक्का महशुस

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    गाेरखा । गोरखाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

    यो २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    भूकम्पको धक्का गोरखासहित, धादिङ, चितवन, लमजुङलगायतका ठाऊँमा महसुस गरिएको थियो । भूकम्पका कारण कुनै क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    भूकम्पकाे धक्का तनहुँमा समेत गरिएकाे थियाे ।