न्यायाधीश सहित कर्मचारीमा कोरोना, अदालतको सेवा प्रभावित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    न्यायाधीश सहित कर्मचारीमा कोरोना, अदालतको सेवा प्रभावित

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७८, बिहीबार

    दमाैली । तनहुँ जिल्ला अदालतका न्यायाधीश सहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अदालतको सेवा प्रभावित भएको छ । बुधबार गरिएको परीक्षणमा न्यायाधीश सहित ११ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अदालतको सेवा प्रभावित भएको हो ।

    अदालतमा हुने उपस्थिति र भिडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति, कानुन व्यवसायी तथा अदालतमा आउने अन्य सरोकारवालाहरुको स्वास्थ्य सुरक्षा र रोग सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न सेवा स्थगित गरिएको शाखा अधिकृत हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार माघ १३ गतेदेखि २८ गतेसम्मका लागि विभिन्न सेवा स्थगित गरिएको छ । तर यस अवधिमा अदालतबाट म्याद थप, पक्राउ पुर्जी, कल डिटेलको अनुमति र जरुरी पक्राउ पुर्जीको समर्थन गर्ने, अभियोगपत्र दर्ता गर्ने, अभियोगपत्रसाथ पेश भएका अभियुक्तको बयान लिने, थुनछेक आदेश गर्ने, बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन दर्ता र त्यस उपर सुनुवाई गर्ने, प्रहरीद्वारा पक्राउ परी आएका फरार प्रतिवादीको बयान लिने तथा थुनछेक गर्ने, फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिमका निवेदन लिने र त्यसउपर सुनुवाई गर्ने, मिलापत्र, मुद्दा दर्ता, डिसमिस तथा तामेली सम्बन्धी कामकारवाही हुनेछन् ।

    अदालतबाट हुने कामकारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिमा मुद्दा रिट तथा निवेदनहरुमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने अदालतले जानकारी दिएको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।