व्यासका प्रमुख न्यौपाने र उपप्रमुख जोशी कोरोना सङ्क्रमणमुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका प्रमुख न्यौपाने र उपप्रमुख जोशी कोरोना सङ्क्रमणमुक्त

    खबरपुञ्ज संवाददाता

    १३ माघ २०७८, शुक्रबार

    दमौली। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख मिरा जोशी कोरोना सङ्क्रमणमुक्त भएका छन् । माघ १० गते कोरोना सङ्क्रमित भएका दुवै चार दिनपछि कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।

    शुक्रबार गरिएको परीक्षणमा दुवैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।

    व्यासका प्रमुख र उपप्रमुख लगायत केही कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नगरपालिकाले माघ ११ देखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।