दमौली । व्यास नगरपालिकाले सहिद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ ७ गते बसेको बैठकले सहिद दिवसको दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
उक्त दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।
नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसमा सार्वजनिक बिदा दिँदै आएको छ। उक्त दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो। तर यसपटक कोरोना जोखिमका कारण अल्ट्रा म्याराथन स्थगित भएको छ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।