दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
लु १ ख ९८३२ नम्बरको ट्रकबाट ठक्करबाट ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
सोमबार अनिलको जन्मदिन थियो । अनिल जन्मदिन मनाउनका लागि बन्दीपुर जॉदै थिए। तर अनिलले आफ्नो जन्मदिनकै दिन ज्यान गुमाएका छन् ।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्राेत नखुलाई त्यसाे नगर्न हुन अनुरोध गर्दछौं ।