भिमाद । नेपाली कांग्रेसका युवा नेता सत्यभक्त पालिखेले भिमाद नगरपालिका वडा नं ७ स्थित बाल विद्याश्रम प्राथमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई शैक्षिक, खेलकुद र स्वास्थ्यका सामग्री वितरण गरेका छन् ।
सोमबार एक कार्यक्रमका बीच विद्यालयका पालिखेले ४६ जना विद्यार्थीलाई ६० हजार बराबरको ४६ थान स्वीटर , ५० / ५० दर्जन कपी कलम , ५ लिटर सेनिटाइजर , ५ थान मास्क , ३.१५ लिटर लिक्विड ह्यान्डवास , ४ थान वल , ३ थान चार्ट बुक , ५ थान स्किपिङ सहयोग गरेका हुन् ।
नगरपालिका भित्रै रहेर पनि ओझेलमा परेको साथै न्यून आय भएका विद्यार्थीहरुले अध्ययन गर्ने थलो रहेको बाल विद्याश्रम विद्यालयका विद्यार्थीलाई जाडोयाममा न्यानो स्वीटर साथै शैक्षिक, खेलकुद र स्वास्थ्यका सामग्री सहयोग गरेको उनले बताए ।
सोही अवसरमा नेपाली काँग्रेस भिमाद नगरपालिकाका सभापति अरबिन श्रेष्ठले विद्यालयको स्तरोन्नतिका लागि आफू सधैं सकरात्मक रहेको र आफूले सकेको सहयोग गर्ने बताए ।
विद्यार्थीहरुलाई गरेको सहयोग प्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भण्डारी र प्रधानाध्यापक दिल माया गोतामेले धन्यवाद ज्ञापन गरेका थिए।