गाछेपानीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    गाछेपानीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक घाइते

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७८, बिहीबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित गाछेपानीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका–९ बस्ने ३४ वर्षीय नेत्रबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

    पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ना ६ त १७३ नम्बरको ट्याक्टर र विपरित दिशाबाट जाँदै गरेको बा २१ प ६१७५ नम्बरको मोटरसाइकल ठोक्किदा राना घाइते भएका छन् । उनको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । ट्याक्टर चालक फरार छन् ।