पोखरा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव प्रेमराज गिरीलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगमा सरुवा गरेको छ । हालैमात्र सहसचिवमा बढुवा भएका गिरीलाई मन्त्रालयले आयोगमा सरुवा गरेको हो ।
गिरी उपसचिव हुँदा जिल्ला समन्वय समिति तनहुँमा स्थानीय समन्वय अधिकारी थिए । सहसचिव बढुवा भएपछि उनी मन्त्रालयको अतिरिक्त समूहमा थिए ।