दमौली । म्याग्दे गाउँपालिका-४ मनहरिस्थित आदर्श नमूना क्लवको आयोजनामा फागुन १४ देखि दशौ आदर्श तथा पॉचौ तारा स्मृति कप प्रतियोगिता हुने भएको छ। क्लवले हरेक वर्ष सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दै आइरहेको छ ।
“युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमूना” भन्ने नारा सहित फुटबल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिए ।
फागुन २१ सम्म सञ्चालन हुने प्रतियोगितामा विजेतालाई नगद एक लाख र उपविजेतालाई ५० हजार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई समेत पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।
क्लवले विगत २०६८ सालदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । तनहुँ फुटबलको इतिहासमा दश वर्षसम्म अनवरत रुपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमूना क्लवमात्रै रहेको दावी गरिएको छ।