दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले आलोपालो सेवा हटाएको छ । कोभिड-१९ जोखिमका कारण माघ १० गतेदेखि आलोपालो सेवा सुरु गरेको प्रशासनले फागुन १ देखि आलोपालो सेवा हटाएको हो ।
सबै दिन सबै पालिकाहरुका लागि सेवा सुचारु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।