वैरेनीमा एकीकृत जग्गा विकास परियोजनाका लागि स्वीकृती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वैरेनीमा एकीकृत जग्गा विकास परियोजनाका लागि स्वीकृती

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७८, मंगलवार

    दमाैली । व्यास नगरपालिकाले वडा नम्बर १० वैरेनीमा सञ्चालन गर्न जग्गा एकीरण आयोजनाका लागि सहरी विकास मन्त्रालयले स्वीकृती प्रदान गरेको छ । एकीकृत जग्गा विकास परियोजना अन्तर्गत तयार गरिएको आयोजनाले मन्त्रालयले स्वीकृती प्रदान गरेको हो ।

    मन्त्रालयले फागुन २ गते राजपत्रमा सूचना प्रकाशित गरी उक्त आयोजनालाई स्वीकृती दिएको व्यास नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका–१० (साविक फराकचौर वडा नम्बर ८ (घ) र (ङ)) का अन्तर्गतका जग्गामा आयोजना सञ्चालन गरिने नगरपालिकाका वरिष्ठ इन्जिनियर रवीन्द्रलाल मूलले जानकारी दिए ।

    आयोजना सञ्चालनका लागि पूर्वतर्फ व्यास मार्गदेखि ५० मिटर भित्रबाट सुरु फराकचौर ८ ङ (३८७, ४०९, ३३०, ३७०, ३४८, ९७२, ५९३, ६८७, ९४८, ९४९, १०१, १००, ५१६, ९६५,९६२, ९६०, ९६१) फराकचौर ८ घ (५१४, ४९०, ४५६, ४२८, ४८३, ४७६, ४७५, ४७७, १६०, ५७२, ४१७, ७३१, ७३२, ८४२, ८४५, ८४४, ९२७, ६९) देखि भित्रका कित्ताहरु समावेश छन् ।

    पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरु आयोजनामा समावेश गरिएका छन् । उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखि भित्रका कित्ताहरु छन भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोक देखि बोटे संग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ता समावेश रहेको नगरपालिकाले जनाएको छ ।

    वैरेनी जग्गा एकीकरण आयोजना अन्तर्गत एक हजार पाँच सय ३६ रोपनी सम्भाव्यता अध्ययन भई पहिलो चरणमा दुई सय ६१ रोपनीमा जग्गा विकास योजना लागु गर्न मन्त्रालयको सहमति प्राप्त भएको मूलले जानकारी दिए । “व्यास नगरपालिकाको व्यवस्थित शहरीकरणको अभियानमा यो स्वीकृति कोसेढुङ्गा हुने महशुस गरेका छौ,” उनले भने ।

    उक्त आयोजना अन्तर्गत व्यास नगरपालिका–११ रानीगाउँमा एक हजार एक सय २६ रोपनीको सम्भाव्यता अध्ययन भएको छ भने व्यास नगरपालिका–६ शिशाघाटमा नयाँ शहर अवधारणा सम्बन्धी प्रस्ताव नगर विकास कोष मार्फत सहरी विकास विभागमा अगाडि बढाइएको छ । साथै व्यास नगरपालिका–५ मानुङकोटको गुरुयोजना समेत तयार भएको नगरपालिकाले जनाएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।