तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७८, मंगलवार

    दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । सङ्घले भिमादस्थित रङ्गशालामा लिग आयोजना गरेको हो ।

    लिगको उद्घाटन गर्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले खेलकुदले शारीरिकसँगै मानसिक विकासमा सहयोग पुग्ने बताए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले खेलकुदले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान गराएको उल्लेख गरे ।

    सङ्घका अध्यक्ष रत्नकुमार श्रेष्ठले दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्य सहित लिग प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

    लिगको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । आँबुखैरेनी गाउँपालिकास्थित पुलजीप युवा क्लव र भिमाद युवा क्लवबीच भएको पहिलो खेल बराबरीमा सकिएको छ ।

    निर्धारित समयमा दुवै क्लवबाट गोल हुन नसकेपछि एक/एक अङ्क बॉडेका छन्।

    दोस्रो खेल बन्दीपुर गाउँपालिकास्थित अजम्बरी युवा क्लव र आँबुखैरेनी गाउँपालिकास्थित अकला क्लवबीच भएकामा अजम्बरी विजयी भएको छ । खेलमा अजम्बरीले २ गोल गरेको थियो । ९ नम्बर जर्सीका मानसिं घले र १९ नम्बरका लक्षु मगरले एक/एक गोल गरेका थिए । जितसँगै अजम्बरीले ३ अङ्क प्राप्त गरेको छ ।

    फागुन ४ गते हैरान्स क्लव र दोभान क्लव, खैरेनीटार युवा क्लव र नवमित्रता युवा क्लब, अजम्बरी युवा क्लव र मस्र्याङ्दी क्लवबीच खेल हुनेछ । फागुन ५ गते पुलजीप क्लव र अलस्टार क्लव, अकला क्लव र हैरान्स क्लब, भीमाद युवा क्लव र खैरेनीटार क्लवबीच खेल हुनेछ ।

    फागुन ६ गते दोभान क्लव र मस्र्याङ्दी क्लव, नवमित्रता क्लव र अलस्टार क्लव, अजम्बरी र हैरान्सबीच खेल हुनेछ । फागुन ७ गते पुलजीप क्लव र खैरेनीटार क्लव, अकला क्लव र दोभान क्लव, भीमाद क्लव र नवमित्रता क्लवबीच खेल हुनेछ ।

    फागुन ८ गते अकला र मस्र्याङ्दी क्लव, भीमाद र अलस्टार क्लव, अजम्बरी र दोभान क्लवबीच खेल हुनेछ भने फागुन ९ गते पुलजीप र नवमित्रता क्लव, हैरान्स र मस्र्याङ्दी क्लव र खैरेनीटार र अलस्टार क्लबबीच खेल हुनेछ ।

    युवा क्लव भिमादको सहआयोजनामा सुरु प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका उपमहासचिव टिकाराम पनेरुले जानकारी दिए । एन्फासँग आबद्ध भएर प्रतियोगितामा सहभागिता जनाएका दश वटा क्लवलाई रु १५ हजारका दरले प्रदान गरिने आयोजकले जनाएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।