


दमाैली । एमसिसीको विरोधमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाइसिएलले दमौलीमा बुधबार साँझ विरोध प्रदर्शन गरेका छन् । एमसिसी राष्ट्रघाती भन्दै माओवादी कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
विरोध जुलुस सफासडकको निमचोकमा आईपुगेपछि एक्कासी मसाल जुलुस प्रदर्शन गरिएको थियो । सो क्रममा प्रहरी र माओवादी कार्यकर्ताहरुबीच केही बेर धकेलाधकेल समेत भएको थियो ।