दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा भिमादमा जारी जिल्लास्तरीय लिग प्रतियोगितामा सेमिफाइनल खेल्ने समूह तय भएको छ । लिगको पहिलो चरणका खेल सकिएसँगै अङ्कका आधारमा सेमिफाइनल खेल्ने समूह तय भएको हो ।
बिहीबार पहिलो सेमिफाइनल दोभान क्लव र भिमाद क्लवबीच हुनेछ । दोभान समूह ए को विजेता र भिमाद समूह वि को उपविजेता हो । दोस्रो सेमिफाइनल समूह वि को विजेता खैरेनीटार क्लव र समूह ए को उपविजेता अजम्बरी क्लवबीच हुने सङ्घका उपमहासचिव टिकाराम पनेरुले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आज भएको खेलमा अलस्टार र हैरान्स क्लवबीच विजयी भएको छ । अलस्टार र खैरेनीटारबीच भएको खेलमा अलस्टार २–१ ले विजयी भएको हो । हैरान्स र मस्र्याङ्दी क्लवबीच भएको अर्को खेलमा हैरान्स २–१ ले विजयी भएको छ ।
तनहुँ जिल्ला लिगको ए श्रेणीमा रहेको पुलजीप क्लव र मस्र्याङ्दी क्लव दुवै समूहको अन्तिममा रहँदा समूह वि मा घटुवा भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ । प्रतियोगितामा जिल्लाका दश क्लवको सहभागिता थियो ।