पल शाह प्रकरण : पीडितकाे पक्षमा बाेले बाबुराम भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पल शाह प्रकरण : पीडितकाे पक्षमा बाेले बाबुराम भट्टराई

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७८, शुक्रबार

    काठमाडौं । जबरजस्ती करणीकाे अभियाेगमा अनुसन्धानका लागि प्रहरी कार्यालय तनहुँकाे हिरासतमा रहेका नायक पल शाहकाे घटनामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पीडितकाे पक्षमा समर्थन जनाएका छन् । पल शाह प्रकरणबारे टिप्पणी गर्दै उनले न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् ।

    अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो ।

    यस प्रकरणमा मानवअधिकारवादी, सेलिब्रेटी र सार्वजनिक वृत्तबाट समेत भनाइहरु बाहिर आएका छन् । एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।