जब मन्त्रीको गाडी मोटरसाइकल जोगाउन खोज्दा पोलमा ठोक्कियो (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जब मन्त्रीको गाडी मोटरसाइकल जोगाउन खोज्दा पोलमा ठोक्कियो (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७८, सोमबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ सुगम पेट्रोल पम्प अगाडी गण्डकी प्रदेशका मन्त्रीको गाडी दुर्घटनामा परेको छ । तालघरेबाट दमौलीतर्फ आउँदै गरेको गण्डकी प्रदेशको उर्जामन्त्री हरिशरण आचार्यको गाडी सोमबार बिहान पेट्रोल पम्प अगाडीको पोलमा ठोक्किएको हो ।

    ग १ झ ६०० नम्बरको स्कोरपियो पोलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । एउटै दिशाबाट जाँदै गरेको मोटरसाइकल दायाँतर्फ जाँदै गर्दा मोटरसाइकललाई बचाउन खोज्दा स्कोरपियो दुर्घटनामा परेको हो । दुर्घटनामा सबै शकुसल छन् । प्रहरीले भने कुन मन्त्रीको गाडी हो भन्ने बारेमा जानकारी दिन आनाकानी गरेको छ ।