दमौली । तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा शिवपञ्चायन मन्दिर निर्माण हुने भएको छ । यस ठाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित मन्दिर निर्माण गर्न लागिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त मन्दिरको शनिबार शिलान्यास गरे । सो अवसरमा उहाँले गण्डकी प्रदेश धार्मिक हिसाबले निकै महत्वपूर्ण प्रदेश रहेको चर्चा गरे । प्रदेशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउने सकिने भएकाले त्यसतर्फ सरकारको जोड रहेको उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, तत्कालीन् संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले वेदव्यासको जन्मभूमि दमौली र आसपासका क्षेत्रलाई धार्मिक पर्यटनको माध्यमबाट विकास गर्न सकिने धारणा व्यक्त गरे ।
एक करोड लाख २३ हजारको लागतमा मन्दिर निर्माण गर्न लागिएको हो। निर्माण समितिले मन्दिरको डिपीआर तयार गरेको छ । मन्दिर निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग सहयोगको अनुरोध गरिने सचिव सिकन्दर गुरुङले जानकारी दिए ।
तस्वीर : गल गुरुङ