दमौली । नेकपा एमालेकी नेतृ बसुन्धरा घर्तीले आफ्नो जन्मदिनको अवसरमा व्यास नगरपालिका-५ पाटनस्थित ज्येष्ठ नागरिक आश्रममा खाद्यान्न सामग्री सहयाेग गरेकी छन् ।
जन्मदिनमा फजुल खर्च नगरी घर्तीले आश्रमलाई सहयोग गरेकी हुन् । नेपाल आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष एवं व्यास नगरपालिका-४ का वडा सदस्य रहेकी उनले भनिन्, ‘जन्मदिनमा अन्य फजुल खर्च गर्नुभन्दा ज्येष्ठ नागरिकलाई सहयोग गर्न पाउँदा सन्तुष्टि मिल्छ ।’