पल शाह विरुद्ध तनहुँ अदालतबाट तेस्रो पटक म्याद थप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाह विरुद्ध तनहुँ अदालतबाट तेस्रो पटक म्याद थप

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७८, शुक्रबार

    दमौली । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका नायक पल शाह विरुद्ध तनहुँ अदालतबाट तेस्रो पटक म्याद थप भएको छ। शाह विरुद्ध शुक्रबार तनहुँ अदालतबाट पॉच दिनको म्याद थप भएको हो।

    शाह विरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

    शाह विरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप भएको थियो ।

    नवलपुरमा पनि उनी विरुद्ध जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाह विरुद्ध मुद्धा दर्ता भइसकेको छ । सरकारी वकिलको कार्यालयले उनी विरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्धा दायर गरेको छ।

    यसैगरी अनुसन्धानका लागि पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशी विरुद्ध पनि पॉच दिनको म्याद थप गरिएको छ ।