दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीलाई देखाएर काङ्ग्रेसले जनतासँग भोट माग्नुपर्ने बताृका छन् । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र १ प्रदेश सभा (क) ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले एमसिसी पास गर्ने काङ्ग्रेस हो भनेर जनतामाझ जानुपर्ने र काङ्ग्रेसलाई जिताउन भोट माग्नुपर्ने बताए ।
एमसिसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै पौडेलले भने, “काङ्ग्रेसले चुनाव जित्ने भनेको एउटा मात्र कुरा छ त्यो एमसिसी हो, काङ्ग्रेसले एमसिसी पास ग¥यो त्यही कारण काङ्ग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।” वरिष्ठ नेता पौडेलले एमसिसी परियोजनामार्फत् उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउने जिकिर गरे ।
नेपालको गरिबी अन्त्यका लागि एमसिसी परियोजना सफल हुने बताउँदै एमसिसीको विरोध गर्ने राष्ट्रघाती रहेको आरोप लगाए । “देश विकास गर्ने पार्टी काङ्ग्रेस हो, विकासप्रेमी पार्टी काङ्ग्रेस हो, देशलाई काङ्ग्रेसले मात्रै बलियो बनाउँछ,” पौडेलले भने, “देशको भविष्य सोचेर काङ्ग्रेसले दुरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।”
वरिष्ठ नेता पौडेलले विकासको अभियान गाउँबाट सुरु गर्ने र त्यसको नेतृत्व काङ्ग्रेसले गर्ने दावी गरे । काङ्ग्रेसकै नेतृत्वमा विकास अभियान थालनी भएको भन्दै उनले काङ्ग्रेसको बहुमतसहितको स्थायी सरकार बनेपछि यसले थप गति लिने उद्घोष गरे ।
गाउँमै रोजगारीको अवसर सिर्जना गरी जनतालाई गाउँमै बसूँ बसूँ बनाउने अभियान अझैपनि नसकिएको उनकाे भनाई थियो । सेवा र सुविधाको खोजीमा जनता शहर झरेको उल्लेख गर्दै उहाँले भने, “अहिले गाउँमै बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य पुगेको छ, अब गाउँमै बस्ने बनाउन आम्दानीको स्रोत सिर्जना गर्नुपर्ने भएको छ ।” वरिष्ठ नेता पौडेलले पर्यटन, कृषि र उद्योगको विकास गरेर गाउँमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, प्रदेश क्षेत्र सभापति विशेश्वर खनाल लगायतले स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने र त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।