दमाैली । नायक पल शाहको बयान सकिएपछि बुधबार उनका म्यानेजर कृष्ण जोशीको बयान सुरु भएको छ । जिल्ला अदालत तनहुँमा जोशीको बयान भइरहेको छ ।
जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुंवरले जोशीको बयान जारी रहेको जानकारी दिए ।
जाेशीविरुद्ध मतियारकाे रुपमा जिल्ला सरकारो वकिलकाे कार्यालयले मुद्धा दर्ता गरेकाे छ । उनलाई पलकाे आधा सजाय माग गरिएकाे छ ।
जोशीको बयान सकिएपछि अदालतमा बहस सुरु हुनेछ । सुरुमा पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । पीडितका तर्फबाट जिल्ला न्यायाधीवक्ताले बहस गर्नेछन् । यसका साथै अन्य कानुन व्यवसायीले पनि पीडितका तर्फबाट बहस गर्नेछन् । उनीहरु दमौली आइसकेका छन् ।
नायक पल शाहका तर्फबाट भने दमौलीका दुई जना अधिवक्ताले बहस गर्नेछन् । साथै काठमाडौबाट पनि अधिवक्ताहरु आउने बुझिएको छ । बहस सकिन कम्तिमा एक हप्ता लाग्ने बताइएको छ । बहस सकिएपछि मात्र थुनछेक हुनेछ । थुनछेकबाट प्रतिवादीलाई पुर्पक्षका लागि पठाउने वा धरौटीमा रिहा गने भन्नेमा आदेश हुनेछ ।
मंगलवार अदालतमा शाहले बयान दिएका थिए । त्यसक्रममा उनले करणी गरेको स्वीकार गरेनन्। उनले बयानमा करणीकाे आराेप स्वीकार नगरेकाे अदालत स्राेतले जनाएकाे छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।