दमौली । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको सहसचिवमा तनहुँका अतिन्द्रकेशरी न्यौपाने निर्वाचित भएका छन् । व्यास-५ निवासी न्यौपाने प्रदेश कमिटीको सहसचिवमा निर्वाचित भएका हुन् ।
माओवादी प्रदेश कमिटीको पदाधिकारी चयनका लागि निर्वाचन भएको थियो। निर्वाचनमा न्यौपानेले ११३ मत प्राप्त गरेका छन् । तीन जना सहसचिवका लागि ६ जना उम्मेदवार थिए । न्यौपाने प्रदेश कमिटी सदस्य थिए ।
माओवादी केन्द्र गण्डकीको अध्यक्षमा यसअघि नै गायत्री गुरुङ चयन भएकी थिइन्। सदस्यमध्येबाट प्रदेश कमिटी पदाधिकारी चयन गरिएको हो ।