घिरिङ । तनहुँकाे घिरिङ गाउँपालिकाकाे प्रमुख प्रशासकीय भवनकाे उद्घाटन गरिएकाे छ । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले साेमबार उक्त भवनकाे उद्घाटन गरेका हुन् ।
घिरिङ गाउँपालिका–३ पोखरीछापमा गाउँपालिकाकाे प्रशासकीय भवन निर्माण गरिएकाे हाे । तीन तलाको भवनको पहिलो चरणमा एक तला निर्माण गरिएकाे गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । पहिलो चरणमा रु दुई करोडको लागतमा भवन निर्माण गरिएकाे छ ।
गाउँपालिकाले हाल भाडाको घरबाट सेवा प्रवाह गरिरहेको थियाे । आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहजता उत्पन्न भइरहेकोले प्रदेश सरकारसँगको समन्वयमा भवन निर्माण गरिएको रानाले बताए ।
भवनकाे उद्घाटन गर्दै पूर्वमन्त्री गुरुङले परमादेश सरकारले विकास निर्माणकाे काम गर्न नसकेकाे बताउँदै विकासका लागि एमालेकाे सरकार आवश्यक भएकाे बताए । वर्तमान सरकारले जनतालाई सास्ती दिने काम गरेकाे बताउँदै उनले अर्थतन्त्र जाेखिममा पुर्याएकाे आराेप लगाए ।