दमाैली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा बुधबारदेखि वृहत योग शिविर सुरु भएको छ । ‘योग गरौं : स्वस्थ रहौ’ भन्ने नाराका साथ वृहत योग शिविर सञ्चालन गरिएको हो ।
व्यास नगरपालिकाको आयोजना र पतञ्जली योग समितिको व्यवस्थापनमा सुरु शिविर पाँच दिनसम्म सञ्चालन हुने व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए। योगप्रति सर्वसाधारणको आकर्षण बढाउन वृहत योग शिविर सञ्चालन गरिएको श्रेष्ठले बताए।
शिविर हरेक दिन बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । “मानिसको जीवनमा योगको महत्व छ, योगले मानिसलाई स्वस्थ राख्न सहयोग पु¥याउँछ,” उनले भने “योगप्रति प्रोत्साहित गर्न शिविर सञ्चालन गरेका हौ ।”
शिविरको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नियमित रुपमा योग सञ्चालन गर्नुपर्ने बताए। नियमित रुपमा योग सञ्चालन गर्न सकिए स्वस्थ र तन्दुरुस्त बन्न सकिने उनका भनाई थियो ।