दमाैली । गैरसरकारी संस्था महासंघ नेपाल तनहुँको अध्यक्षमा पुनः प्रकाशचन्द्र भट्टराई चयन भएका छन् । बुधबार सम्पन्न १९ औं साधारणसभा तथा सातौ अधिवेशनबाट भट्टराईको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
संस्थाको उपाध्यक्षमा सरला श्रेष्ठ, सचिवमा सरिता भण्डारी, कोषाध्यक्षमा लक्ष्मी सिग्देल चयन भएका छन् ।