दमौली । दमौलीमा जारी आठौ तनहुँ महोत्सवमा भोलि बिहीबार कन्सर्ट हुने भएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी महोत्सवमा बिहीबार सविन राईको कन्सर्ट हुन लागेको हो ।
दर्शकको चाहना र मागलाई ध्यानमा राखेर कन्सर्ट गर्न लागिएको राष्ट्रिय कलाकार समन्वय समिति संयोजक कुमार मल्लले जानकारी दिए । ‘कन्सर्टले दर्शकलाई भरपुर मनोरञ्जन दिनेमा ढुक्क छौ,’ उनले भने ।
भोलि नै चर्चित गायक प्रकाश सपुतको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ।
अनसनचौतारीको झण्डा फेरियो
महोत्सव आयोजक समितिले अनसनचोकमा रहेको नेपालको राष्ट्रिय झण्डा फेरेको छ। यसअघि राखिएको झण्डा पुरानो र च्यातिएकाले नयॉ झण्डा राखिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
‘दमौलीको मुख्यभागमा नेपालको झण्डा च्यातिएको अवस्था हुँदा शोभा नदेखिएपछि नयॉ झण्डा राखेका हौ,’ उनले भने ।