दमौली । नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिको सदस्यमा तनहुँका दुई केन्द्रीय सदस्य मनोनित भएका छन् ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र ध्रुव वाग्लेलाई उक्त समितिमा मनोनित गरेका हुन् । समितिको संयोजकमा प्रवक्ता डा. रामशरण महत छन् ।
यसअघि केन्द्रीय सदस्य शंकर भण्डारी र प्रदीप पौडेलले स्थानीय तह निर्वाचन परिचालन समितिको जिम्मेवारी पाएका थिए ।