दमाैली । नेकपा एमाले तनहुँकाे दाेस्राे पूर्ण बैठकले जिल्ला सदस्यहरु मनाेनित गरेकाे छ । शुक्रबार सम्पन्न बैठकले विधान अनुसार १७ सदस्य मनाेनित गरेकाे हाे ।
मनाेनित हुनेहरुमा रामकृष्ण देवकोटा, रामजी लौडारी, प्रेमप्रसाद पौडेल, राजु गुरुङ, ताराराम श्रेष्ठ, लक्ष्मण पौडेल, पूर्ण थापा, बिर्सना श्रेष्ठ, राधा अधिकारी, रिता ढकाल, दयाराम पौडेल, गणेश गोतामे, दिर्घबहादुर थापा, हरिकुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ, रामराजा महत र मनबहादुर गुरुङ रहेका छन् ।
यसैगरी बैठकले प्रचार विभाग गठन गरेकाे छ । विभागकाे प्रमुखमा पार्टी उपसचिव प्रदीपराज अधिकारी छन् । सदस्यहरुमा प्रकाशचन्द्र भट्टराई, भुपेन्द्र कोईराला, आरके पोख्रेल, हरि रिमाल, प्रेमप्रसाद पौडेल, नारायण खड्का, समुन्द्र पौडेल र राजकुमार श्रेष्ठ विवि रहेका छन् ।