दुलेगाैडा । नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ शुक्लागण्डकीको अध्यक्षमा शिव पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार दुलेगौंडामा भएको भेलाले पौडेलको अध्यक्षतामा संघ गठन गरेको हो ।
उपाध्यक्षमा सुन्दर बस्याल, बालकुमार वाग्ले , सचिवमा महेन्द्रराज खनाल, कोषाध्यक्षमा सुभद्रा लम्साल, सह–सचिवमा देवी राना, रमेश विक, उत्सव भुजेल र सह–कोषाध्यक्षमा गिर बहादुर थापा चयन भएका छन । सदस्यहरुमा राम श्रेष्ठ, सुर्य ढुंगाना, वशन्त अछामी, विर बहादुर श्रेष्ठ लगायत रहेका छन् ।
नेकपा एमाले निकट रहेको उद्योग व्यवसाय संघको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम गण्डकी प्रदेशका पूर्वमन्त्री किरण गुरुङले गरे । कार्यक्रममा उनले देशको समृद्धिकोलागि एमालेको सरकार बन्न आवस्यक रहेको दाबी गरे । नेकपा एमाले नगर कमिटी सदस्य एवम् उद्योग विभाग इन्चार्ज विमल प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य रामचन्द्र उपाध्याय, नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना लगायतले बोलेका थिए ।