माओवादी नेता भन्छन् : गठबन्धन गर्ने भए तनहुँका सबै पालिकामा हुनुपर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादी नेता भन्छन् : गठबन्धन गर्ने भए तनहुँका सबै पालिकामा हुनुपर्छ

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७८, मंगलवार

    दमौली । सत्तारुढ दलले तनहुँमा पनि गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका नेताहरुले तनहुँमा पनि गठबन्धन गर्ने निर्णय गरेका छन् ।

    तर निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने निक्यौल भएको छैन । व्यास नगरपालिका र ऋषिङ गाउँपालिकामा गठबन्धन नहुने कांग्रेसका नेताहरुको भनाई छ। दुवै पालिकामा कांग्रेसको एकल बहुमत रहेकाले यो पालिकामा गठबन्धन नगर्ने र कमजोर रहेका पालिकामा गठबन्धन गरेर फाइदा लिने कांग्रेसको तयारी छ ।

    तर नेकपा माओवादी केन्द्र व्यास नगर कमिटीका अध्यक्ष रामचन्द्र सापकोटा दश वटै पालिकामा सबैको उचित सम्मान एवं व्यवस्थापन हुनुपर्ने बताउँछन् । ‘गठबन्धन गर्ने हो भने सबै पालिकामा उचित तरिकाले हुनुपर्छ, कुनै पालिकाका निम्ति कसैले पूरै वलिदानी गर्न तयार छैनौ’ उनले भने ।