ऋषिङको अध्यक्षका लागि संविधानसभा सदस्य झुलबहादुर देखि तरुण नेता जीवनसम्मको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङको अध्यक्षका लागि संविधानसभा सदस्य झुलबहादुर देखि तरुण नेता जीवनसम्मको दावी

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७८, बुधबार

    ऋषिङ । ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसबाट १३ जनाले इच्छा व्यक्त गरेका छन् । कांग्रेसको राम्रो पकड रहेको यो पालिकामा अध्यक्ष बन्नका लागि १३ जनाले दावा गरेका हुन् ।

    ऋषिङको अध्यक्षका लागि संविधानसभा सदस्य झुलबहादुर आलेले पनि इच्छा व्यक्त गरेका छन्। यस्तै हालका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ पनि पुन: दोहोरिन चाहेका छन्। तरुण नेता जीवनचन्द ठकुरीले पनि अब युवाले नेतृत्व पाउनुपर्ने भन्दै अध्यक्षका लागि इच्छा व्यक्त गरेका छन्।

    यस्तै मोहन गिरी, पर्शुराम गिरी, इन्द्र आले, तिलबहादुर थापा, दुर्गाबहागुप राना, श्रीराम आले, लालबहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, महेन्द्र अधिकारी र अशोक गिरीले पनि अध्यक्षको चाहना गरेका छन् ।

    उपाध्यक्षका लागि हालकी उपाध्यक्ष गिनुमाया थापा, सविना राना, पार्वती गिरी, लक्ष्मी मल्ल र इन्द्र आलेले चाहना राखेका छन्।