दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटारका डिल्ली पौडेल मलेसियाको राजदुत सिफारिस भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मलेसियाको राजदुत सिफारिस गर्ने निर्णय गरेको हो ।
नेकपा एकीकृत समाजवादीका विदेश विभाग सदस्य पौडेल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सिफारिस र पहलमा राजदुत बनेका हुन् । केहीसमय अगाडी जिल्ला आउँदा मन्त्री श्रेष्ठले त्यसको पूर्वसूचना दिइसकेका थिए । त्यतिबेला पौडेल पनि साथमै थिए।