तनहुँमा गठबन्धनको टुंगो लागेन, कांग्रेसले सिफारिस गर्यो मेयर/उपमेयर उम्मेदवार (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गठबन्धनको टुंगो लागेन, कांग्रेसले सिफारिस गर्यो मेयर/उपमेयर उम्मेदवार (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७९, शुक्रबार

    दमौली । नेपाली कांग्रेस तनहुँले चार वटै नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार प्रदेश समितिलाई सिफारिस गरेको छ। कांग्रेस तनहुँको बिहीबार बसेको बैठकले चार वटा नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारको नामावली गण्डकी प्रदेश समितिलाई सिफारिस गरेको हो ।

    सम्बन्धित पालिकाबाट सिफारिस भइआएका उम्मेदवारका नामावाली वर्णानुक्रम अनुसार प्रदेशमा सिफारिस गरिएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । कांग्रेसको विधान अनुसार नगरपालिकाका मेयर, उपमेयरका उम्मेदवारलाई प्रदेश समितिले टिकट दिनेछ ।

    शुक्लागण्डकीको प्रमुखमा श्रीराम सुवेदी, किसान गुरुङ, कृष्ण प्रसाद गौतम, कृष्णराज पण्डित, खेमराज अधिकारी, गोपीबहादुर गुरुङ, भक्तबहादुर श्रेष्ठ, महेश्वर भट्टराई, माधव भट्टराई, सन्तोष घिमिरे हरि प्रसाद वाग्ले सिफारिस भएका छन् ।

    उपप्रमुखमा कृष्ण प्रसाद रेग्मी, चन्द्रकला भट्टराई, टिकादेवी पौडेल, तारा अधिकारी, पम्फा थापा, प्रकाश वि.क, बिना खनाल, रेशमलाल पौडेल सिफारिस भएका छन् ।

    भिमाद नगरपालिकाको प्रमुखमा अरविन श्रेष्ठ, इन्दिरा खनाल, गोपाल पराजुली, चुडामणि खनाल, रामकृष्ण राना, मिलन आले र श्यामसुन्दर जोशी सिफारिस भएका छन् ।

    उपप्रमुखमा इन्द्राकुमारी सिग्देल, टुकामणि सिग्देल, देवी सुवेदी, निरञ्जना खनाल, याम माया थापा, रेशम गैह्रे, रोमाया थापा र त्रिभुवन सेन ठकुरी सिफारिस भएका छन्।

    व्यास नगरपालिकाको प्रमुखमा अशोक कुमार श्रेष्ठ, डम्वर बहादुर अधिकारी, देव कुमार श्रेष्ठ, रघुनाथ पौडेल, लक्ष्मीभक्त खनाल, बैकुण्ठनाथ न्यौपाने, विद्या खनाल, विश्व बास्तोला र वृषराज श्रेष्ठ, डा. शेषरमण न्यौपाने, समुन्द्र गोदार र हरिदत्त पौडेल सिफारिस भएका छन् ।

    उपप्रमुखमा इन्दिरा दरै, नारायणी अधिकारी, मिरा जोशी र विणा कैनी सिफारिस भएका छन्।

    भानु नगरपालिकाको प्रमुखमा अर्जुन अधिकारी, आशा थापा, आनन्दराज त्रिपाठी, उत्तम राज लोहनी, कमल पण्डित, गोविन्द राज सिलवाल, चिनु पोख्रेल, छत्रराज भण्डारी, टेक बहादुर गुरुङ्ग, प्रकाश मल्ल, विपिन अधिकारी, राजन श्रेष्ठ, लक्ष्मी प्रसाद आचार्य, विशेश्वर खनाल, श्याम कुमार मौरती र सहदेव अधिकारी सिफारिस भएका छन् ।

    उपप्रमुखमा उमा गोतामे, उर्मिला पन्त, दुर्गा भण्डारी, विष्णु भण्डारी, राम कुमार श्रेष्ठ र सविता उप्रेती सिफारिस भएका छन् ।

    गठबन्धनमा सहमति जुटाउन सकस

    तनहुँमा सत्तारुढ गठबन्धनमा सहमति जुटाउन सकस परेको छ । पटक-पटक बैठक बसेपनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कांग्रेस-माओवादी, कांग्रेस-नेकपा एस र कांग्रेस-माओवादी-नेकपा एस पटक-पटक छलफलमा बसेपनि भागबण्डा नटुंगिएको बताइएको छ ।

    नेकपा माओवादी र नेकपा एसले बढी सिट माग गरेपछि सहमति हुन नसकेको स्रोतले बतायो । सत्तारुढ गठबन्धनबीच सहमति नसकेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ गृहजिल्ला आइपुगेका छन् ।