शुक्लागण्डकीमा कांग्रेस-माओवादी, भिमाद र घिरिङमा कांग्रेस-नेकपा एस गठबन्धन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा कांग्रेस-माओवादी, भिमाद र घिरिङमा कांग्रेस-नेकपा एस गठबन्धन

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७९, बुधबार

    दमौली । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँका तीन स्थानीय तहमा सत्तारुढ दलबीच आंशिक गठबन्धन भएको छ । सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका सत्तारुढ दलहरुले अन्य पालिकामा आ-आफ्नै हिसाबले उम्मेदवारी दर्ता गरेपनि तीन पालिकामा आंशिक गठबन्धन गरेका हुन् ।

    शुक्लागण्डकी नगरपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ। भिमाद नगरपालिकामा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । घिरिङ गाउँपालिकामा पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

    शुक्लागण्डकी नगरपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ। गठबन्धनबाट शुक्लागण्डकीको प्रमुखमा कांग्रेसका कृष्णराज पण्डितले उम्मेदवारी दर्ता गरेका छन् । शुक्लागण्डकीको उपप्रमुख माओवादीबाट खुम विकले उम्मेदवारी दर्ता गरेका छन् ।

    भिमाद नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका काजीमान श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । उपप्रमुखमा कांग्रेसबाट मिलन आलेले उम्मेदवारी दर्ता गरेका छन् ।

    घिरिङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट कांग्रेसका गंगाराम कुमालले उम्मेदवारी दर्ता गरेका छन्। उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

    जिल्लाका अन्य पालिकामा भने कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन । अन्य पालिकामा गठबन्धनबीच सहमति हुने सम्भावना न्यून रहेको कांग्रेस नेताहरुले बताएका छन् ।