अधुरा काम पूरा गराउन पुनः उम्मेदवार : उपाध्यक्ष उम्मेदवार गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    अधुरा काम पूरा गराउन पुनः उम्मेदवार : उपाध्यक्ष उम्मेदवार गुरुङ

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    बन्दीपुर । नेकपा माओवादी केन्द्रबाट बन्दीपुर गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार करुणा गुरुङले आफूहरुले गरेका कामलाई पूरा गराउन पुनः उम्मेदवार बनेको बताएकी छन् । गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष गुरुङले गाउँपालिकामा सुरु भएका, सम्पन्न हुन बाँकी रहेका कामलाई पूरा गराउन पुनः उम्मेदवारी दिएको बताइन् ।

    “जनताको एक मतले बन्दीपुरमा गत वर्षमा सुरुवात भएका, सम्पन्न हुन बाँकी रहेका कामले सार्थकता पाउनेछ,” खबरपुञ्जसँग कुरा गर्दै उनले भनिन्, “विगतमा पनि बन्दीपुरवासीको साथ र समर्थन पाएकी थिएँ, अहिले पनि पाउनेमा आशावादी छु ।”

    बन्दीपुरको पर्यटन, पूर्वाधार, शिक्षा, सडक, खानेपानी लगायतमा धेरै कामहरु भएको उल्लेख गर्दै गुरुङले बन्दीपुरलाई पर्यटनको हबको रुपमा विकास गर्न सफल भएको बताइन् ।