बन्दीपुरमा चार उम्मेदवारको उम्मेदवारी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा चार उम्मेदवारको उम्मेदवारी फिर्ता

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिकामा चार उम्मेदवारको उम्मेदवारी फिर्ता भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका हुन् ।

    निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी लक्ष्मी गौतम, बन्दीपुर–२ का सदस्य उम्मेदवार निखील रोका, राजुविक्रम भण्डारी र वडाध्यक्षका उम्मेदवार धु्रवबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिने सबै स्वतन्त्र उम्मेदवार हुन् ।