दमौली । नेकपा माओवादी केन्द्रबाट व्यास-१ का वडाध्यक्षका उम्मेदवार केहरसिं आलेले घाइते महिलालाई अस्पतालसम्म पुर्याएका छन् । चुनावी प्रचारका क्रममा माइलीडॉडा पुगेका आलेले टिप्परको ठक्करबाट घाइते एक महिलालाई बुधबार अस्पताल पुर्याएका हुन् ।
घाइते ती महिलालाई आलेले आफैले चढ्ने कारमा दमौलीस्थित रत्नहरी अस्पताल पुर्याएका हुन् । सोही ठाउँ निवासी बसुन्धरा विकको अवस्था सामान्य रहेको बताइएको छ ।
जनताको सेवा गर्नकै लागि चुनावी प्रतिस्पर्धामा रहेको र दुर्घटनामा घाइतेलाई तत्कालै अस्पताल लैजानुपर्ने भएपछि सहयोग गरेको उनले बताए ।