सर्वनाश भन्दा अर्धनाश बेस हुन्छ : बरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सर्वनाश भन्दा अर्धनाश बेस हुन्छ : बरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    दमाैली । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वनास भन्दा अर्धनास जाती भएकाले गठबन्धन गरेको बताएका छन् । नेपाली कांग्रेले तनहुँको दमौलीमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्परमाइज गर्दा कहीँकतैँ कांग्रेसका कार्यकर्ताले रुखमा मात्रै नभएर हसियाँ हथौँडा, कलम र छातामा भोट हाल्नुपर्ने बताए ।

    उनले थप्दै भने, ‘त्यो सम्झौता हो । संविधान पनि सम्झौताको दस्ताबेज हो । राजनीति पनि सम्झौताको दस्ताबेज हो । सम्झौता गर्न जान्नुपर्छ, मौकामा सम्झौता गर्नु सक्नुपर्छ । आँट गर्नुपर्छ । हामीले एउटा नगरपालिकामा हसिया हथौडामा छाप लगायौँ भने प्रचण्डले तीन वटा नगरपालिकामा रुखमा छाप लगाउँछन् । कुरा त बुझ्नप¥यो नि हामीले तीन वटा महानगरपालिका लिएर अरुलाई एक एक महानगर दिएका छौँ । यो लेनदेन हो । जम्मै हार्नुभन्दा त कमसेकम सर्वनास भन्दा अर्धनास जाति हुन्छ नि । त्यसो भएको हुनाले हामीले जती प्राप्त गछौँ सही रुपमा प्राप्त गर्छौँ । हामीले स्थानीय तहमा सर्वत्र विजयी हासिल गछौँ । र त्यसका निम्ति यो गठबन्धन हो ।’

    संसदीय व्यवस्थालाई निरन्तर प्रहार भएपछि गठबन्धन भएको उनले स्पष्ट पारे । अस्थितरताको कारण देशले निकाश नपाएको उनको भनाई छ । केपी ओलीलाई नायक बनाएर मुलकलाई अस्थिरतातर्फ लैजाने ग्राण्ड डिजाईन भएको नेता पौडेलले बताए ।

    अस्थिरताको अन्त्य गर्दै राजनीतिक स्थिरताको लागि गठबन्धन भएको बरिष्ठ नेता पौडेलको दाबी छ । ‘यो देशमा भ्रष्टार कमिशनतन्त्रको खेल धेरै भए । जनतामाथी शोषण, राजनीतिमा भ्रष्टार घुस्दैछ । त्यसबाट पनि देशलाई मुक्त गर्न परेको छ’, उनले भने । उनले गठबन्धलाई प्रगतीशिल शक्तिहरुको एकताको संज्ञा दिए । गठबन्धनले केपी ओलीको एकक्षत्र राजको अन्त्य पौडेलको जिकिर छ । गठबन्धनलाई अन्डरस्टेमेट गर्नेको सामाना गर्न आफु तयार रहेको नेता पौडेलले बताए ।

    आफु पार्टी सभापति शेरबहादुर देउवाको लाइनमा नगएको जिकिर गरेका छन् । अनले आफ्नो लाइनमा देउवा आएको स्पष्ट पारे ।