ऋषिङ अध्यक्ष उम्मेदवार हरिराज कंडेल : मतदाता भेट्दै, भाेट हाल्न सिकाउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ अध्यक्ष उम्मेदवार हरिराज कंडेल : मतदाता भेट्दै, भाेट हाल्न सिकाउँदै

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    दमाैली । तनहुँकाे ऋषिङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार हरिराज कंडेलले मतदाता भेटघाटसँगै मतदाता शिक्षालाई पनि जाेड दिएका छन् । विभिन्न वडामा मतदाता भेटघाटमा व्यस्त कंडेलले मतदाता शिक्षा पनि सञ्चालन गर्दै आएका हुन् ।

    निर्वाचनमा मत बदर हुन नदिन कंडेलले मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउँदै भाेट पनि मागेका छन् । कंडेलले शनिबार ऋषिङ-२ धनवासमा घरदैलाे गरेका छन् ।

    तनहुँकाे दक्षिणी विकट गाउँपालिकाकाे रुपमा रहेकाे ऋषिङलाई विकास गर्न यसपटक एमालेलाई जिताउन कंडेलले आग्रह गरे । काङ्गग्रेसकाे गढकाे रुपमा परिचित ऋषिङ र ऋषिङवासीलाई समृद्धिकाे यात्रामा अगाडी बढाउन चाहेकाे कंडेलले उल्लेख गरे ।