यी हुन् म्याग्देकी अध्यक्ष मायादेवी रानाको कार्यकालमा भएका उल्लेख्य काम (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    यी हुन् म्याग्देकी अध्यक्ष मायादेवी रानाको कार्यकालमा भएका उल्लेख्य काम (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले विगत पाँच वर्षको अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । विसं २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको नेतृत्वमा पूर्वाधार, स्वास्थ्य, कृषि, शिक्षा, महिला, पशु लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको छ ।

    तनहुँका दश स्थानीय तहमध्ये एउटा मात्रै तहमा महिला प्रमुखको रुपमा कार्यकाल पूरा गरेकी रानाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी छन् । पाँच वर्षको सुरु भएका कामको बल्ला नतिजा आउन लागेकाले उक्त कामलाई पूरा गर्न आफू पुनः उम्मेदवार बनेको रानाले बताइन् ।

    पाँच वर्षको अवधिमा म्याग्देले ७१ वटा कानून निर्माण गरेको छ । पूर्वाधारतर्फ चार वटा वडा कार्यालय भवन, दश शय्याको अस्पताल निर्माणाधीन, विभिन्न वडामा आधारभुत स्वास्थ्यचौकी सञ्चालन भएका छन् भने गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सुरु भएको छ ।

    स्वास्थ्यतर्फ दुई वटा एम्बुलेन्स खरिद, कोभिड बिरामी तथा सुत्केरीलाई गाउँपालिकाको एम्बुलेन्सद्वारा निःशुल्क सेवा, जामुनेमा सञ्चालित कोभिड अस्पतालद्वारा कोभिड महामारीमा उल्लेखनीय सेवा प्रदान भएको छ ।

    May be an image of 9 people, people standing and outdoors

    महिला तथा सामाजिकतर्फ अध्यक्षसँग सुत्केरी कार्यक्रम तथा प्रोत्साहन भत्ता उपलब्ध गराइएको छ । यसले संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको छ । जसकारण मातृशिशु मृत्युदर घटेको छ ।

    उपाध्यक्षको कार्यक्रम अन्तर्गत एकल पुरुषलाई विदुर भत्ताको व्यवस्था, म्याग्देमा रहेका एकल महिलाको मनोबल उच्च बनाउन रातो टिका तथा पछ्यौरी दिएर सम्मान कार्यक्रम भएको छ ।

    May be an image of 6 people, people standing and outdoors

    शिक्षातर्फ आधारभूत विद्यालयका विद्यार्थीलाई प्रोत्साहन स्वरुप नेपालमै दिवा खाजा प्रदान गर्ने पहिलो पालिकाको रुपमा म्याग्देले पहिचान बनाएको छ । लक्षित कार्यक्रमतर्फ महिला, दलित, ज्येष्ठ नागरिक, जनजाति, अपांग, मानसिक रोगी, कडा रोगीलाई विभिन्न कार्यक्रम मार्फत् जनही दश हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

    विपद् व्यवस्थापनतर्फ बाढी पीडिततर्फ ४१ घर पहिचान गरी २७ घरधुरीलाई अनुदान उपलब्ध गराइएको छ भने खरको छाना विस्थापित गरी १३२ घरमा जस्ताको छानो छाइएको छ ।

    May be an image of 4 people, people standing, tree and outdoors

    कोभिड प्रभाविततर्फ ३०१ जनालाई दश हजारका दरले अनुदान दिइएको छ भने कृषि तथा पशुतर्फ उत्पादन वृद्धिका लागि विभिन्न शीर्षकमा अनुदान, कृषकलाई हाते ट्याक्टर वितरण, बीउ विजन वितरण, उन्नत जातका बोयर बोका र सानो हाते मिल वितरण गरिएको छ ।

    बजेट तथा स्रोतपरिचालनतर्फ सुरुमा सुन्य अवस्थामा रहेको आन्तरिक स्रोतलाई पहिचान र परिचालन गरी वार्षिक रुपमा ५ करोड वृद्धि, प्रदेश र संघको अनुदान समयमै कार्यान्वयन गरी फ्रिज हुन दिइएको थिएन । पूर्वाधार विकासमा वडा स्तरमा न्यूनतम ५३ लाख देखि अधिकतम ७१ लाखसम्म मोटरमार्गको काम सम्पन्न भएका छन् ।

    फोहरमैला व्यवस्थापनतर्फ दीर्घकालिन रुपमा फोहरमैला व्यवस्थापनका लागि २२.८ रोपनी जग्गाको व्यवस्थापन गरिएको छ । ल्याण्डफिल्ड साइड निर्माणका लागि टेण्डर प्रकाशन भई काम हुने चरणमा पुगेको छ ।

    May be an image of 5 people, people standing and outdoors

    लागत साझेदारी अन्तर्गत धेरै स्थानमा सामुदायिक भवन निर्माण, धेरै स्थानका मोटरमार्ग कालोपत्रे हुने चरणमा पुगेको छ । संस्थागत स्वमूल्यांकनमा म्याग्दे तनहुँकै प्रथम पालिका हुन सफल भएको थियो । आर्थिक वर्ष ०७७÷७८ मा गाउँपालिकाले ९१.५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो ।

    गाउँपालिकाले पाँच वर्षको अवधिमा आवधिक योजना, मध्यकालिन योजना सञ्चालन गरेको छ भने गुरुयोजना अन्तर्गत सडक, पर्यटन तथा कृषिको पूर्वाधार तयार पारेको छ ।

    May be an image of 6 people, people sitting, people standing and outdoors

    को हुन् मायादेवी राना ?

    स्व. पदमबहादुर आलेकी छोरी र स्व. ताराराज रानाको श्रीमती मायादेवी विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएकी नेतृ हुन् । शिक्षण पेशामा सक्रिय रहँदा पनि राना राजनीतिमा पनि उत्तिकै क्रियाशील थिइन् । नेपाल महिला संघको दुई कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल तनहुँ सभापति रानाले जिल्लाका विभिन्न ठाउँमा संगठन विस्तारमा योगदान पु¥याएकी छिन् ।

    गाउँले स्वभाव, सबैलाई समान व्यवहार गर्ने र सबैसँग सहजै घुलमिल हुन सक्ने रानाले पाँच वर्षको अवधिमा म्याग्देलाई नेपालकै नमूना गाउँपालिका बनाउन भूमिका खेलेको स्थानीय बताउँछन् । गाउँपालिकाका वडाहरुमा कांग्रेसले हारेको ठाउँमा पनि समान हिसाबले रकम बाँडफाँड गरेकी रानाले आफूहरुले गरेको कामको नतिजा नआइसकेकाले पुनः काम गर्ने चाहना व्यक्त गर्दै चुनावी मैदानमा होमिएकी छन् ।