म्याग्देकाे वडाध्यक्षमा महिला भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देकाे वडाध्यक्षमा महिला भिड्दै

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार


    म्याग्दे । महिलाको सहभागितालाई संविधानमा नै नेतृत्व तहमा स्थापित गराउने व्यवस्था गरेतापनि तनहुँ जिल्लामा निकै कम मात्रामा मात्रै महिला उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । यसैमध्ये जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्मला वाग्लेले उम्मेदवारी दिएकी छन् ।

    महिला आफैमा कमजोर नभएकाे र राज्य व्यवस्थाले महिलालाई कमजोर बनाएकाे वाग्लेले बताइन् । ‘नेतृत्व तहमा महिलाको सहभागिता एकदम न्युन छ । यो भनेको पुरुष मानसिकताको उपज हो । अवसर पायो भने महिलाले पनि केही गर्न सक्दछ भन्ने पुष्टि गर्न पनि अहिले मेरो उम्मेदवारी र जितको आधार हो,’ उनले भनिन् ।

    उनले अगाडी थपिन्, ‘पार्टीले मूल्याङ्कन गरेर म्याग्दे ६ मा मलाई वडाध्यक्षमा अगाडी सारेको छ । यो सँगै महिला पनि योग्य छ भन्ने पुष्टि गर्न र जितेर देखाउने साहस बढेकाे छ ।’

    पार्टीले महिलाको सहभागिता सुनिश्चित गर्न र महिला पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्दछ भन्ने विश्वासका साथ वडाध्यक्षमा टिकट दिईएको नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। ‘समानता र नेतृत्व विकास लिङ्गमा होईन, योग्यता, क्षमता र कार्यकुशलतामा भर पर्दछ, यसका लागि म्याग्दे–६ का उम्मेदवार निर्मला योग्य हुनुहुन्छ,’ अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने ।

    यस अघि भएको स्थानीय तहको निर्वाचनमा वाग्ले वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।